नया पंचायती व्यवस्था, राजा महेन्द्रले नमुना ग्राम घोसणा गरेको
बुधबारे ग्राम अनि त्यहाका सामन्त
धर्म प्रसाद उपाध्याय। यो कथा थियो नेपालमा कम्युनिस्ट
क्रान्तिको सुरुवातको र अत्ति नै
मनमोहक बुधबारे गाउको । धेरै ज्ञानले बिध्वान अनि
धेरै जमिनले सामन्त बनाउछ। ५००
बिघ्हा खेति अधियारमा दिएका र
हजार बिघ्हा जमिनमा अनारस खेति
लगाएको खरिदार भनेर चिनिने धर्म
प्रसाद ढकालको जमिनको कल्पना गर्न
मलाई अझै हम्मेहम्मे पर्छ ।
लेखपढ अनि
आयका अरु श्रोत नभएका झन्डै
१०० परिवार खरिदारको जमिन कमाउथे । हरेक अधियारको भागमा ५ बिग्घा जमिन पर्थ्यो ।
अधियारसंग आर्थिक स्वतन्त्रता थिएन र खरिदारले उनीहरुलाई
आर्थिक घेरामा घेराबन्दी गरेर सोषणको उपहार पस्किन्थे। एक
मुन धानमा दश किलो , १००
उधारो लिदा एक मुन धान अनि एक पाना गोरुको ५ मुन धान । अचम्मको कुरा त के थियो भने न त अधियारले आफ्नो
गोरु किन्न पाउथिये न त खरदार बाहेकको गोरु
प्रयोग गर्न । उनीहरुसंग त
जाडोमा ओढ्ने धुसा किन्ने समेत
स्वतन्त्रता थिएन । खरदार हरेक
वर्ष आफ्नो मित्रको बाट ५ का दरले किन्थिये र १० का दरले आधियारलाइ बेच्थिए
। त्यस्तै उपचार, बिहे , मृत्यु
र बाकी जीवनका सम्पूर्ण कुरामा
खरिदारले ऋणको उपहार दिदै अधियारहरुलाई झन् आर्थिक रुपले
न्याक्थिये । आफुले वर्षभरि कमाएको
धानले समेत ऋण तिर्न नसकेसि
निमुखो अधियार उल्टै जहान पाल्न धान उधारो लिएर
आउथियो ।
पंचायती व्यवस्थाप्रति
जनतामा असन्तुस्टी बढ्दै थियो । राष्ट्रिय पंचायतका सदस्य
समेत रहेका उपाध्यायको सामन्त ब्यबहारबाट
अधियारहरु पिरोलिएका थिए , निसासिएका थिए
। त्यहि समय झापामा कम्युनिस्ट
विचार धाराको प्रभाव भने बढ्दै थियो । हार्ने हैन, छाड्ने हैन , सामन्तीलाइ जिउदो
राख्ने हैन भन्ने नारा लिएर बुधबारे गाउमा खरदारलाइ मार्ने योजना बनिन थाल्यो । योजनाकारहरुमा
नेपालका कम्युनिस्ट आन्दोलनका पछि गएर ठालु
पदसम्म पुग्ने प्रधामन्त्री ओली समेत थिए । योजना बनियो खरिदारलाई माछा खुवाउने बहानामा
केहि व्यक्ति उन्को गाउको घरमा पसे । मालिक र मालिक्नी खानुस भनेर राखे । अनि गास हाल्ने
क्रममा गोलि हानेर मारिदिए । खरिदार र उनको जहानको तेही मृत्यु भयो । बन्दुकको आवाज सुने पछि खरिदारका
भर्खरै डाक्टर पढेर आएका २४ बर्से छोरा दगुददै आए । उनिको नि घाटी छिनेर हतिया गरियो
। पछि गएर योजनाकार मध्येका एकले व्यक्तिगत सम्बादमा स्वीकारपनि गरे-" कान्छो
छोरा भन्दा पनि जेठोलाई मार्ने योजना थियो , कहिलेकाही निमुखो डाक्टरलाइ मारे जस्तो
हुन्छ ।"
तेत्रो धेरै
सम्पति , नेपाल राइस मिल र क्यानिंग कम्पनीको अधिपत्य भएका
सामन्ती धर्म प्रसाद मृत थिए । उन्नका जेठा
छोरा जो सहरको घरमा थिए भागेर काठमाडौँ पुगे
। यसरी खरिदारको सामन्ती राज्यको
अन्त्य भयो । राजा महेन्द्रका प्रिय व्यक्ति उपाध्याय
मारिए पछि धेरै कम्युनिस्ट नेताहरु
थुनामा परे। योजनामा संलग्न केहीलाई
पक्दियो र सुखानी भन्ने ठाउमा
निर्मम ढंगले राज्यले मारयो।
प्रधामन्त्री ओली , आर के मैनाली , सिपी मैनाली लगाएतका नेतालाई जेल
जडान गरियो । ओली येही कारणले लामो समय जेल जीवन व्यतित गरे
तर उनले कम्युनिस्ट आन्दोलनको क्रान्तिको सुरुवात अनि राष्ट्रिय रुपमै पहिचान भने चाही पाए । कसले सोचेको थियो होला र यो युवा योजनाकार
पछि गएर नेपालको प्रम हुन्छ भनेर | कम्युनिस्ट पार्टीको
कोशी समितिले गरेको त्यो नेपालको कम्युनिस्ट आन्दोलनको पहिलो
निर्मम हतिया काण्ड थियो । अहिले इतिहास फरक
छ । ओली लगायतका नेता
अहिले सक्तिसाली छन् तर उहिले सामन्तीलाइ हटाउन हिडेकाहरु
आफै त सामन्तबाद तिर लम्केका छैनन् भन्ने प्रश्न
मेरो मनले सदैब गर्छ ।
(विभिन्न व्यक्तिगत अन्तरबार्ताबाट लिएको )
Keep up your work
ReplyDeleteखासमा याे यथार्थ घटना हाे क्यारे , ईतिहांस सम्झिंदा गर्वले फुल्ने बर्तमान सम्झिंदा खुम्चिने गर्छ तर अाशा अनि भराेसा अझै मरेकाे छैन । हल्का नेपाली शब्दहरु अशुद्द भेटिए अरु दमदार छ , लेख्दै गर्नु शुभकामना ��
ReplyDelete