Wednesday, April 1, 2020

आशा

आशा

संस्कृति फरक छन् , सद्भाव एउतै छ।
मतभेद धेरै छन् , मनभेद छैन ।
समस्या अरबौ छन् , आशा जिउदो छ ।
अरबको खाडीमा ५० सेन्टिग्रेडमा काम गर्ने नेपाली देशले रोजगार दिन नसकेको भनेर गाली गर्दैन । उल्टै उ आफुले संचय गरेको परिश्रम देशलाई निछ्योर गर्छ। व्यक्तिगत रुपमा ति अरबको खाडीमा ज्यान अर्पण गर्ने हरेक नेपाली मेरो परिद्रिस्यमा देशको अर्थतन्त्र थाम्ने सेनानी हुन्, सहिद हुन् ।
राज्यले दिने र संबिधानले व्यवस्था गरेको सुलभ स्वास्थ्य उपचार नपाएर झाडापखालाले मेरा देशबासीहरु मृत्यु बहन गर्छन । नाबालक सिसु यो पावन धर्तिमा पाइला टेक्न नपाउदै बिदा लिन्छन । त्यो अवस्थामा पनि त्यहाँबाट देशको जयको आवाज गुञ्जिञ्छ ।आशा सहित त्यहाँबाट जनप्रतिनिधि चुनिएर आउछन । पटकपटक राज्यबाट हेपिदापनि प्रजातन्त्रमा आशा देखाउने ति नेपलि मेरालागि लोकतन्त्र धान्ने पिल्लर हुन् , संसद हुन् ।
देश बुर्जुआ हरुको सिकार छ । कर्मठ किसानले टमाटर १० रुपियामा बेच्छ । उपभोक्ताले १०० रुपियामा किन्छन । आफु ठगिएको थाहा हुदाहुदै पनि धर्ति गोड्न किशान छाडदैन। पसिना बगाएर अरुको पेट भर्न तयार रहन्छ । मेरो लागि तेस्तो किशान निजामती राष्ट्रसेवक कर्मचारी हो ।
भारि बोकेर एक अधुरो खान खाएर पनि देश बारे संताप्मा निद्रा बिथोल्ने नेपाली मेरो लागि कार्यकारी हो , प्रधानमन्त्रि हो , रास्ट्रपति हो ।
येस्तै हजारौ उदहारण छन् । प्रेरणाका श्रोत छन्-
सुदुर पश्चिमदेखि सुदुर पूर्व सम्म ,
हिमालदेखि तराई सम्म र
सात समुद्र पारीको खादिहरुमा जहाँ नेपालीत्व र रास्त्रियता जिउदो छ ।
तर
हरेक दिन पधाधिकारी बिकेको समाचार सुन्दा ,
सदन/संबैधानिक अंग /अदालत /बिस्वबिध्यालय मा राजनैतिक/आर्थिक /पारिवारिक चलखेल भएको बुज्दा ,
राष्ट्रिय गौरबका आयोजना अलपत्र परेको देख्दा ,
मलाई अचम्म र बिस्मात लागेर आउछ ।
आशा मरेर आउछ ।
निसासिएको महसुस हुन्छ ।
म कसलाई आरोप लगाम या नलगाउ थम्याउन सक्दिन । तर प्रसाशन ,नेतृत्व , कार्यप्रणाली , थुप्रै व्यवस्था र कानुन, सायद म पनि जागरुक नागरिकको हैसियतले ,देश प्रति अछम्य द्रोह गरिराखेका छौ ।
अझै नि प्रजातन्त्रमाथि र प्रसासनमाथि म आशावादी छु ।यो आशाको डोरी चुटिने तर्फ गएको देख्दा हरिब लाग्छ तर कैऔ आशावादी मुहार र मुस्कानले मलाई सधै प्रेरित गरेका छन् ।
मेरो देश , मेरो रास्ट्र - नेपाल |

Comments


No comments:

Post a Comment