२००७ सालभन्दा नि अगाडी बाट नै नेपाल रमाइलो
तन्त्रमा छ - घनटाउकेतन्त्र। लिंकनले लोकतन्त्र जसरि परिभाषित नगरेनी यो
तन्त्रको मन्त्र सरल छ :
घनटाउके बसाए,
चुक्कुल लगाए,
भक्त कराए,
देश सकाए नमः
य़ो मन्त्र नै
हाम्रो देशको संबिधान
हो बिधान हो
अनि जनदेखी तनले
रुचाएको पुराण हो । यो मन्त्र
सुन्दा सजिलो भएनी यसलाई
उपयोग गर्न महापुजा लाउनु
पर्छ । पुजा कठिनै खालको छ- जंगलमा लुक्नु पर्ने , जेल
जान पर्ने , भाइमारा हुनु पर्ने । तेही भएरै होला
गतिला पुरुषहरुले मात्रै
आफ्नो टाउकोलाइ घनटाउके
बनाउन सफल भएर
यो महाम्रित्युन्जय भन्दा नि
शक्तिवान भ्रस्टाचारदेखि हजारौको
ज्यान लिने सौभाग्य
ग्रहण गराउने यो
कालझै अमर ब्रम्हास्त्र प्रयोग गर्न
सक्छन ।
हिजो भर्खर
गाउमा ठुलो युद्ध
चर्कियो, पल्ला घरे
रामले -''मेरो टाउके
नेता सपै भन्दा ठुलो घनटाउके'' भन्दै
बेलिबिस्तार लाउदै थियो। तेतिकैमा
च्यामेले त चिर्र्पटो
बोकेर आएछ -“ अरबौको
भ्रस्टाचार गर्ने मेरा
नेता ठुला घनटाउके
हुन् “ , “अज्झै निहु खोजिस
भने खान्छस ”। कान्छो नि कुददै
आएर - '' तिमिहरुको जात
र धर्मको हैन
मेरो जातको घनटाउके
राम्रो " भनेर कस्सियेछ । एकछिनमा ठुलै होहल्ला
भयो गाउमा ।घनटाउकेतन्त्रको
एउटा बिशेषता यो
पनि हो । घनटाउकेका पुछार्ले आफ्नो घनटाउके महान देख्छ अनि
अरुको घनटाउके राक्षस । तर बेलिबिस्तारले
चिरफार गर्ने हो
भने अनि बैज्ञानिक
तथ्य -भ्रस्तचारोमीटरमा जाने हो
भने मुलत जुनै घनटाउकेमा हुने
रसायनमा खासै फरक भने
छैन । आकार र प्रकार
फरक देखिए नि
विचार भने एउतै
हुन्छन । त्यस कारणले राणाकालदेखि
खै फलानो कालसम्म
घनटाउकेको नामका आधारमा बिभाजन
गर्नु हुदैन भन्ने
तर्क नि घनटाउकेतन्त्रका आलोचकले गरिराखेका
हुन्छन ।
खासमा हेर्ने
हो भने देखिदा घनटाउकेतन्त्र
भएनी यसको बनोट
बहुत मुस्किल छ । यो
तन्त्र गाउदेखि सहरसम्म
छ । क्याम्पसदेखि आर्मी क्याम्प्सम्म
छ ।लास्स्लुस्स निकाय देखि
थास्सठुस्सा आयोग सम्म छ
। कुन चै
फास्सफुस्स आयोग्को ठुलो अध्यक्ष
हुन एउटा न
एउटा घनटाउकेको खुट्टा
नथिची कहाँ पो हुन्छ
र । कतिपटक त नैबेद
चदाउन नि लामै
लाईन हुने गर्छ रे । घनटाउकेको साला साली
देखि लिएर बाहिरवाली र
भित्रवालीलाइ चदाउदै लादा फास्सफुस्स आयोगबाट आउने
नैबेद भन्दा चडाउने
नैबेद धेर हुन्छ रे भनेर
मेरो साथी बिर्तानगरे माइलो भन्ने
गर्थ्यो । त्यो कतिसम्म साचो
हो त्यो माइलो
नै जानोस । तर नैबेद नभई
घनटाउके प्रभु खुसि नहुनु
त ठिकै त
हो नि शिवजीलाइ त
धतुरो नचदाई हुन्न ।
य़ो तन्त्र
राम्रै होला भन्दै
छाति पिट्ने र मेरो
मान्छे घनटाउके भएसी
तलाई देखाउछु भन्दै
बस्ने सपैको जय
होस भन्दै -
कार्यकर्ता लडाए,
देश गदाए ,
छोरि -बुहरि
-सालो -सासु
राज्दुत -मन्त्रि
-मेयर बनाए ,
घनटाउकेतन्त्रै नमह।
No comments:
Post a Comment